शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    सरकार र डा. गोविन्द केसी पक्षबीच सहमति, २७ औं दिनमा अनसन तोडियो

    वार्तामा भएको सहमतिको प्रयासलाई अन्तम रुप दिन सरकारी र डा. गोविन्द केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटारतर्फ

    बिहिवार, १० श्रावन २०७५, आहाखबर

    काठमाडौं , १० साउन

    अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । 

    सहमतिको प्रयासलाई अन्तम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

    सहमतिपत्रमा औपचारिक हस्ताक्षरपछि डा. केसीले आजै अनसन तोड्नेछन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले  जानकारी दिए । 

    ‘अब छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौँ’, सदस्य न्यौपानेले भने । मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो ।  प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

    डा. केसी चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि अनसन बस्न केसी जुम्ला पुगेका थिए । 

    जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट गत बिहीबार अनसनको २० औं दिनमा राजधानी ल्याएको थियो। यो केसीको १५ औं अनसन हो । केसीले अनसन सुरु गरेको बिहीबार २७ दिन पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast