बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    पाकिस्तानमा बुधबार भएको निर्वाचनको मतगणना हुँदै, पूर्वक्रिकेटर इमरान खानको दल अग्रस्थानमा

    कारागारमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन कमजोर, औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थाले

    बिहिवार, १० श्रावन २०७५, आहाखबर

    काठमाडौं, १० साउन । 

    पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतगणना मतगणना शुरु भएको छ । प्रारम्भिक नतिजाका अनुशार पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले अग्रता लिएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार ४७ प्रतिशत मतगणना हुँदा खान नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफले १ सय १३ स्थानमा अग्रता बनाएको छ भने कारागारमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन कमजोर चाहिं देखिएको छ । प्रारम्भिक परिणाममा सरिफको दल ६४ सिटमा मात्रै अगाडि छ ।


    औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन् भने पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको शरिफको पार्टी पीएमएल–एनले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । 

    पाकिस्तानको सञ्चार माध्यम डनका अनुसार अहिलेसम्म पीपीएले ४३, एमक्यूएमले ५ र एमएमएले ९ स्थानमा अग्रता लिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast