बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    पाकिस्तानः मतदान केन्द्रमा आत्मघाती बम विस्फोट, २८ को मृत्यु

    पाकिस्तानमा बुधबार जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन्

    बुधबार, ९ श्रावन २०७५, आहाखबर

    क्वेटा,पाकिस्तान, ९ साउन 

    पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् । 

    पाकिस्तानमा बुधबार जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् । 

    मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast