आईतवार, असोज ५, २०७६
    शेयर बजार

    दोहोरो अंकले बढ्यो शेयर बजार, १३ अंकले उकालो लागेर १ हजार १ सय ९४ अंक कायम !

    सोमबार कूल १ सय ५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ

    सोमबार, ७ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, ७ साउन

    लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार  दोहोरो अंकले बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । 

    यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले बढेर २५१.३२ बिन्दुमा पुगेको छ । 

    सोमबार  कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा कमी आएको छ । आइतबार रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो । 

    स्टकका अनुसार बैंकिङ ८.०६, होटल शून्य, विकास बैंक १५.८८, जलविद्युत् १९.०१, वित्त १.८, निर्जीवन बीमा १३३.५१, उत्पादन १०.९१, अन्य ९.६३, माइक्रोफाइनान्स ३५.४५ र बीमा ५४.८६ बिन्दुले बढेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast