बुधबार, जेष्ठ २१, २०७७
    कृषि-उर्जा

    पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे पछि...

    पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पर्छ भन्ने जनविश्वास

    आईतवार, ६ श्रावन २०७५, आहाखबर

    तुलसीपुर, दाङ, ६ साउन 

    साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । 

    तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए । 

    उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भने । 

    सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन् । पानी नपर्दा तुलसीपुरको हजारौँ बिगाह जमीन बाँझै रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast