बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    सम्बन्धमा शंका !

    इरानका सर्वोच्च नेता खामेनीद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार, वार्ताको औचित्य नभएको प्रस्टोक्ति

    “अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन”

    आईतवार, ६ श्रावन २०७५, आहाखबर

    तेहरान, ६ साउन :

    इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् । 

    अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उनको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहेका  छैनन् । 

    “अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,” उनलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast