बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    ट्रम्पद्वारा पुटिनलाई अमेरिका भ्रमणको निम्तो, भ्रमणको लागि तयारी सुरु

    नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको जानकारी, प्रसङ्ग सार्वजनिक भएलगत्तै अमेरिकी अधिकारी आश्चर्यमा

    शुक्रबार, ४ श्रावन २०७५, -एजेन्सीहरू.

    काठमाडौं, साउन ४ । 

    लामो समयदेखि चिसो रहेको दुई शक्तिशाली देश रुस र अमेरिकाबीचको सम्बन्धमा नयाँ मोड आउने संकेत देखिएको छ । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिनुले उक्त कुराको पुष्टि गरेको हो । राष्ट्रपति ट्रम्पले पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका हुन् । 

    ह्वाइट् हाउसका प्रवक्ताका अनुसार नेता पुटिनको अमेरिका भ्रमणको लागि तयारी समेत सुरु भइसकेको छ भने उता पुटिनलाई अमेरिका भ्रमणमा बोलाइएको विषयमा रुसको कुनै प्रतिक्रिया बाहिर आइसकेको छैन । 

    ट्रम्प र पुटिनबीच हालै मात्र फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भएको बैठकलाई लिएर विभिन्न विवादास्पद कुराहरु बाहिर आइरहेका बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार सार्वजनिक भएको छ ।


    यसैबीच पुटिन अमेरिकाको भ्रमणमा आउने खबर सार्वजनिक भएलगत्तै कतिपय अमेरिकी अधिकारीले भने आश्चर्य प्रकट गरेको समेत अमरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast