आईतवार, असोज ५, २०७६
    शेयर बजार

    ८ अंकले घट्यो शेयर बजार, परिसूचक ओरालो लागेर १ हजार २ सय ४ अंकमा आइपुग्यो

    कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री

    मंगलवार, १ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, १ साउन

    आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार  आठ अंकले ओरालो लागेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ । 

    कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ । 

    स्टककाअनुसार मंगलबार  तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ । 

    यस्तै बैंकिङ ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले घटेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast