आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    डा. केसीको अनसन तोडाउने सरकारकोे दोस्रो प्रयास पनि असफल, वार्ता विनानिष्कर्ष टुंगियो

    अनशनको १८ औँ दिन सम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइदै आइएको छ

    मंगलवार, १ श्रावन २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौं, १ साउन 

    डा केसी पक्ष र सरकारी वार्ताटोलीबीच भएको दोस्रो चरणको वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ।  शिक्षा मन्त्रालयमा मंगलबार तीन घन्टासम्म भएको वार्ता मुख्य विषय चिकित्सा शिक्षा विधेयकमा नै  सरकारी वार्ता टोली गम्भीर नबनेपछि मंगलबारको वार्ता पनि विना निष्कर्षमा टुङ्गिएको केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले बताए। 

    उनले भने, 'हामीले पहिले संसदमा पेस भएको विधेयक फिर्ता गरी पहिलेको अध्यादेशलाई हुबहु पास गर्नुपर्ने अडान राख्यौ उनिहरूले पहिला केसीलाई काठमाण्डौ ल्याएर उपचार गरेपछि बाँकी  छलफलमा गर्नुपर्ने भनेपछि वार्ता अगाडि बढ्न सकेन।'

    वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् भने डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी छन्। 

    तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा. केसी गत असार १६ गतेदेखि जुम्ला पुगेर १५औँ पटक अनसन बसिरहेका छन्। अनशनको १८ औँ दिन सम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइदै आइएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast