बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    यी हुन् नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार, जसले राम्रो चर्चा कमाए

    बलिउडका यस्ता कलाकारहरु पनि छन् जस्ले नेपाली फिल्म उद्योगमा पनि काम गरेका छन्, कतिले सफलता प्राप्त गरे भने कतिले सफलताको बावजुत पनि निरन्तरता दिन सकेनन्

    सोमबार, ३२ आषाढ २०७५, आहाखबर

    एजेन्सी, ३२ असार

    बलिउड र नेपाली फिल्म उद्योग बिच निकै गहिरो सम्बन्ध छ । नेपालका धेरै कलाकारहरुले बलिउडमा पहिचान बनाएका छन् । मनिषा कोईराला र सुनिल थापा जस्ता नेपाली कलाकारहरुले बलिउडमा ठूलो सफलता पाए । त्यस्तै भारतीय टेलिसिरियलमा काम गरेर नायिका उषा पौडेलले पनि राम्रो चर्चा कमाईन् । नेपाली कलाकाहरुो सपना बलिउड पुग्ने हुन्छ । बलिउडमा काम गर्ने चाहना हर कोही नेपाली कलाकारको हुन्छ । तर बलिउडका यस्ता कलाकारहरु पनि छन् जस्ले नेपाली फिल्म उद्योगमा पनि काम गरेका छन् । कतिले सफलता प्राप्त गरे भने कतिले सफलताको बावजुत पनि निरन्तरता दिन सकेनन् ।

    दीपराज राणाः बलिउड कलाकार दीपराज राणा बलिउडका धेरै सफल फिल्ममा कमा गरिसकेका छन् । उनले सलमान खानको फिल्म प्रेम रतन धन पायो मा सलमान खानको विश्वास पात्रका भूमिका निर्वाह गरेका थिए । त्यस्तै सिंघम रिर्टन्स्मा अजय देवगनसँग प्रहरी इन्सपेक्टरको भूमिकामा देखिएका थिए । साथै उनले गुन्डे, साथीयाँ, बुलेट राजा जस्ता कयौँ हिट फिल्ममा काम गरेका छन् । जस्तो सुकै रोलमा पनि फिट हुने दीपराजलेनेपाली फिल्म कोहीनुरमा श्रीृकष्ण श्रेष्ठसँग काम गरेका छन् । कोहिनुरमा उनी मुम्बई पुलिसको भूमिकामा छन् जस्ले श्रीकृष्ण सहयोग गर्छन् । छोटो भूमिका भए पनि उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

    हुर्मीत ममिकः हुर्मीत ममिकको जन्म सन् १९६३ मा भारतको मुम्बईमा भएको थियो । उनले टेलिभिजनमा गब्राल और बिग्राल नामक भुतको टेलिसिरियलमा अभिनय गर्दथे । उक्त टेलिफिल्म हिट भएपछि उनलाई सबैले बिग्रालको नामले चिन्न थालेका थिए । सन् १९९२ मा जो जिता उही सिकन्दर फिल्ममा उनले आमिर खानसँग काम गरेका छन् । नेपाली फिल्ममा पुजा शर्मा र राजेश हमालसँग पहिलोपटक काम गरे । हाम्रो सानो घर होला फिल्ममा हुर्मीत ममिकले मुख्य भूमिका निर्वाह गरेका थिए । जुन फिल्म सुपरहिट भएको थियो ।

    राजपाल यादवः बलिउडमा हाँस्य भूमिकाका लागि राजपाल यादवको नाम अग्रपंक्तीमा आउँछ । उनले हेराफेरी, मुज्से सादी करोगी, दे दना दन, भूतनाथ, जुडूवा २, भागम भाग लगायतका फिल्ममा हाँस्य भूमिका निर्वाह गरेका छन् । उनी हालै करोडपती नामक नेपाली फिल्ममा आवद्ध भएका छन् । केहि महिना अघि नेपाल आएर उनले सुटिङ पनि गरेर फर्किएका थिए । एक दशक अघि भुवन केसीले निर्माण गरेको करोडपतीकै नाम राखेर निर्माण हुन लागेको करोडपतीमा राजपाल यादवको अभिनय रहनेछ ।

    स्वेता तिवारीः भारतीय टेलिसिरियलमा कुनै समय चर्चित नाम थियो स्वेता तिवारी । स्टार प्लसमा आउने कशौटी जिन्दगी की नामक टेलिसिरियलबाट चचर्चा कमाएकी स्वेताले थुप्रै अवार्ड पनि जितेकी छिन् । उनले सुल्ताना, बेनी एण्ड बाल्बो, मीले ना मिले हम् लगायका कयौँ हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले नेपाली फिल्म त्रिनेत्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । जसमा निखिल उप्रेती, मिथिला शर्मा, रमेश बुढाथोकी, उषा पौडेल लगायतको मुख्य भूमिका थियो ।

    माला सिन्हा: अभिनेत्री माला सिन्हा बलिउड र नेपाली फिल्म उद्योगकी लिजेन्ड कलाकार हुन् । उनी बलिउडमा चर्चित नायिका हुँदा महानायक अमिताभ बच्चन फिल्मी क्षेत्रमा भर्खरै करिअर बनाउँदै थिए । तर पछि अमिताभ बच्चनसँगै उनले प्यारकी कहानी र संजोग लगायतका फिल्ममा अभिनय गरेकी थिईन् । त्यस्तै सुपरस्टार राजेश खन्ना, विनोद खन्ना लगायत चर्चित बलिउड कलाकारसँग पनि मालाले काम गरिसकेकी छिन । बलिउडमा राम्रो गर्दागर्दै पनि मालाले नेपाली फिल्म माइतीघरमा काम गरेकी थिईन् । माइतीघरकै नायक सिपी लोहनीसँग विवाह गरेपछि मालाले बलिउड छाडेकी थिईन् । मालाका बुवा नेपाली भएका कारण पनि उनले नेपाली फिल्ममा काम गरेको बताईन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast