शुक्रबार, कार्तिक २९, २०७६
    बिदेश

    रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आज हेलसिन्कीमा वार्ता : ट्रम्प सतर्क

    'न्यून विन्दूमा अमेरिका रुस सम्बन्ध', ट्रम्पले त्यसबारे आफूले कुरा उठाउने बताएका छन् तर भेटमा त्यो ‍औपचारिक मुद्दा भने होइन

    सोमबार, ३२ आषाढ २०७५, आहाखबर

    एजेन्सी, ३२ असार

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा सोमवार भेट्दै छन्।

    त्यसका लागि उनी फिनल्याण्ड आइपुगेका छन्।

    आफ्ना साझेदारहरूको आलोचना गरिएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनले पुटिनलाई भेट्न लागेका हुन्।

    राष्ट्रपति ट्रम्पको जवाफ थियो– “पुटिन मेरा प्रतिश्पर्धी भने अवश्य हुन्, किनभने उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु ।” 

    उनिहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने भएको रुसबाट प्राप्त समाचारमा जनाइएको छ । हेलसिन्की वार्तापछि उनिहरुको पत्रकार सम्मेनल हुने छ । 

    ट्रम्पले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको तर त्यसले केही राम्रै हुने अपेक्षा गरेको बताएका छन्।

    रुस-अमेरिका सम्बन्ध 'खराब' अवस्थामा

    'न्यून विन्दूमा अमेरिका रुस सम्बन्ध'

    आह्वान :

    अमेरिकामा भने ट्रम्पले उक्त बैठक रद्द गर्नुपर्ने आह्वानहरू भएका छन्।

    रुसले उक्त अभियोगहरू अस्वीकार गरेको छ।

    अबको भेटले सम्बन्ध सुधार गर्नसक्ने भन्दै त्यसका लागि पर्खिएको रुसले जनाएको छ।

    आरोप :

    ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले दुवै पक्षले छलफलमा कुनै औपचारिक मुद्दा नहुनेमा सहमति जनाएको बताएका छन्।

    तर ट्रम्पले सन् २०१६को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भन्ने आरोपबारे प्रश्न उठाउने बताएका छन्, जुन बोल्टन र पुटिनलाई पक्कै थाहा हुनुपर्छ।

    अमेरिकाले राष्ट्रपतीय चुनावमा १२ रुसी अधिकारीहरूमाथि अभियोग लगाइए लगत्तै यो उच्चस्तरीय बैठक हुन लागेको हो।

    ट्रम्पले त्यसबारे आफूले कुरा उठाउने बताएका छन् तर भेटमा त्यो ‍औपचारिक मुद्दा भने होइन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast