मंगलवार, जेष्ठ १३, २०७७
    सावधान

    नवलपरासीको कावासोतीमा अवैधरुपमा चोरिशिकार गर्ने ६ जना युवाहरु पर्काउ

    नेपाल र नेपाली बिश्व सामु शन्यू चोरी शिकारी बर्ष मनाउने क्रममै यस्तो खबरले अझ येस्तो काम विरुद्ध लान खबरदारी गरेको छ

    आईतवार, ३१ आषाढ २०७५, आहाखबर

    नवलपरासी, कावसोती, ३१ असार 

    चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपरासीको कावासोती  लामिचौर उपभोक्ता समिति अन्र्तगत रहेको समुदायमा आधारित चोरिशिकार नियन्त्रण युवा जागरण उपसमिति CBAPUले चोरिशिकार गर्ने ६ जना युवाहरु पर्काउ गरेको छ ।   चोरि सिकारी युवा जागरण अभियानको  नेत्रृत्वमा लामिचौर उ.स. को कार्यक्षेत्र वरिपरी रहेका प्रकृतिका सुन्दर चराको गुडबाट चार निकाली मासु, पोख, र आन्य भाग तस्करी गर्नेक्रममा पक्राउ गर्न सफल भएको हो ।

    CBAPU चोरि सिकारी युवा जागरण अभियानको  नेत्रृत्वमा लामिचौर उ.स. को कार्यक्षेत्र वरिपरी रहेका प्रकृतिका सुन्दर चराको बचेराहरुलाई गुणबाट गुलेली, भालाको साहेताले मार्ने अवैधरुपमा चोरिशिकार गर्ने ६ जना युवाहरुलाई ३३ वटा बकुला मारेको अवस्थामा पर्काउ गरी कारवाहिका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईयो को छ र  थप अनुसन्धानको लागि  युवाहरूलाई थुनामा राखीएको छ ।

    साथै यस कार्यमा प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा लाने जो कोहीलागि समाउनी  बाताबरण आभीयान्ता र CBAPU चोरि सिकारी युवा जागरण अभियान उपाध्यक्ष सुधन लम्सालले  उल्लेख गरे । चि.रा.नि.,लामिचौर उ.स., वडा कार्याय, जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति, नेपाल पंछी संरक्षण सघं, नेपाली सेना, नेपाल प्रहरी, समिति र स्थानिय उपभोक्ताहरु यस छेत्रमा बन, बन्यजन्तु र बाताबरण जोगाउन लागि परेको CBAPU चोरि सिकारी युवा जागरण अभियानका एल. एन. दवाडीले जानकारी दिए । 

     CBAPU चोरि सिकारी युवा जागरण अभियानका अध्यक्ष केबल चौधरीले यस्तो कामकारबाहीमा  जुट्नु र पर्यटनलाई देखाएको भरमा हामीले आम्दानीको श्रोत बनाउन सक्ने बन्यजन्तु र चरालाई मार्नु नालायक काम नगर्न  तथा यस्तो तस्करीको विरुद्ध बोल्नु र समाउन सहयोग गरेकोमा धन्यवाद   व्यक्त गरे । उनले भने  - "साथै यहाँहरुको घर टोल समुदायमा यस्ताखालका अराजनक गतिविधि तथा चोरिशिकार भएको थाहा पाउनु भएमा हामिलाई सुचना प्रबाह गरि सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ । र युवाहरूलाई बन गस्ती लाग्न  र बस्ती बस्तीमा चनाखो यस्तो काम रोक्न सबैलाई अपील पनि गर्छु" । नेपाल र नेपाली बिश्व सामु शन्यू चोरी शिकारी बर्ष मनाउने क्रममै यस्तो खबरले अझ येस्तो काम विरुद्ध लान खबरदारी गरेको छ  ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast