शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    झापामा सर्पले डसेलगतै उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यु

    ४५ वर्षीय पिताम्बर ढकाललाई आईतबार बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको जानकारी

    आईतवार, ३१ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    सुरुङ्गा, झापा ३१ असार 

    विषालु सर्पको डसाइबाट आईतबार झापामा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आईतबार बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । 

    सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast