आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वासस्थानमानै लार्भा नष्ट

    पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने र रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको जानकारी

    आईतवार, ३१ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    बुटवल, ३१ असार 

    डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा आईतबार नष्ट गरिएको छ । 

    रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेकोे झाडी र सवारी साधनको टायरमा वासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन । उनीहरुसँगै सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी थिए । 

    जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताए । 

    उनले पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको बताए । 

    तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन् । डेङ्गुका कारण यसवर्ष रुपन्देहीमा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्वाथ्य कार्यालय, रुपन्देहीले जनाएको छ । 

    दुई दिनसम्म सञ्चालन भएको डेङ्गु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast