शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    नबिल बैंकले आफ्ना अधिकृतस्तरका कर्मचारीहरुलाई तालिम दिने

    सरकारले हालै सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार तालिम दिन नेपाल बैंकिङ इन्ष्टिच्युटसँग (एनबीआइ) सँग सम्झौता

    शुक्रबार, २९ आषाढ २०७५, आहाखबर

    काठमाडौँ. २९ असार

    नबिल बैंकले आफ्ना अधिकृत स्तरका कर्मचारीहरुलाई कार्यसम्पदान दक्षता हाँसिल गर्न तालिम दिने भएको छ।

    बुधबार आएको मौद्रिक नीतिले बाणिज्य बैंकहरुले आफ्ना साहयकदेखि अधिकृतस्तरसम्मका कर्मचारीलाई नीति कार्यान्वयनको सम्बन्धमा प्रशिक्षण दिनुपर्ने व्यवस्था गरेको छ।  उक्त नीतिअनुसार तालिम दिन बैंकले नेपाल बैंकिङ इन्ष्टिच्युटसँग(एनबीआइ)सँग सम्झौता गरेको छ।

    मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुका लागि बैंकिङ्ग सम्बन्धी तालिमलाई अनिवार्य गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ। नीतिअनुसार बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न बैंक तथा वित्तीय संस्थामा नयाँ भर्ना भएका कर्मचारीहरुले बैंक प्रवेश गरेको २ वर्षभित्र यस प्रकारको तालिम लिइसक्नु पर्ने व्यवस्था गरिएको छ।

    बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृति अनिलकेशरी शाह र एनबीआइका तर्फबाट प्रमुख कार्यकारी संजिब सुब्बाले हस्ताक्षर गरेका छन्। सम्झौतअनुसार एनबीआइले नबिल बैंकका ६ सय बढी कर्मचारीलाई तालिम दिने छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast