आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    के तपाई माछा खाएपछि दुध पिउने गर्नुहुन्छ? जिन्दगीभर पछुताउनुपर्नेछ

    दुधसँग अमिलो, नुनयुक्त खानेकुराको सेवन स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ

    बुधबार, २७ आषाढ २०७५, आहाखबर

    एजेन्सी, २७ असार

    माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ ।

    आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको सेवन गर्नु दुबै स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । यदि तपाईं पनि माछा खाएपछि दुध पिउनुहुन्छ भने तपाईंलाई ल्यूकोडर्मा हुनसक्छ । यो एउटा छाला रोग हो जसमा साना सेता दाग देखिन्छन् जुन समयसँगै बढ्दै जान्छ ।

    आयुर्वेदमा दुधसँग अन्य केही खानेकुरा पनि नखान सल्लाह दिइन्छ ।

    – दुधसँगै दहीको सेवन नगर्न सुझाइन्छ । यी दुई एकैपटक खाँदा छाला रोग निम्तिने गर्छ ।

    – कटहर खाएपछि र खानुअघि दुध पिउनुहुन्न किनभने दुध र कटहर मिलेर रियाक्सन गर्नसक्छ जसका कारण तपाईंलाई विभिन्न प्रकारको छाला रोग लाग्नसक्छ ।

    - दुधसँग तिल पनि खानुहुँदैन ।

    -दुधसँग अमिलो खानेकुराको सेवन हानिकारक मानिन्छ ।

    -नुन र नुनयुक्त कुनै पनि खानेकुरा दुधसँग कहिले खानुहुँदैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast