शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    १०५ ग्राम गैंडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

    पक्राउ पर्नेहरुमा २२ वर्षीय टेकराज वयलकोटी, २८ वर्षीय सुमन खत्री, ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापा रहेका छन्

    मंगलवार, २६ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, २६ असार 

    नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी काठमाडौँको विशेष टोलीले उक्त रेष्टुरेंन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ । 

    प्रहरीले निजहरुलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । 

    त्यस्तै प्रहरीले काठमाडौँकै नयाँ बजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नंको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ । 

    निजहरुलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइने प्रहरीले बताएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast