आईतवार, भाद्र ८, २०७६
    साहित्य

    मदन पुरस्कारका लागि ८ पुस्तक छनोटमा, प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छानिएको जानकारी

    सोमबार, २५ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, २५ असार : 

    मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ । 
    गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिए । समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको हो । 

    छनोटमा परेकामा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ छन् । ती पुस्तकबाट नै एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast