मंगलवार, जेष्ठ १३, २०७७
    सावधान

    भालुको पित्तसहित दुई पक्राउ, कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइयो

    बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा २६ वर्षीय रेकश शाही र ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

    सोमबार, २५ आषाढ २०७५, आहाखबर

    दार्चुला, २५ असार  

    भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । 

    महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए । 

    बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । 

    प्रहरीले उनीहरुका साथबाट ८९६ ग्राम बराबरको भालुको पित्त बरामद गरेको छ । बरामद भएको भालुको पित्त तथा पक्राउ परेका अभियुक्तलाई चिकित्सा जाँच गराई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको उनले जानकारी दिए ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast