मंगलवार, जेष्ठ २०, २०७७
    बैंक-बीमा

    एनआइसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स

    सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभरका २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सका बीमा योजना खरिद गर्न सक्नेछन्

    आईतवार, २४ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, २४ असार

    एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरे।

    सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभरका २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सका बीमा योजना खरिद गर्न सक्नेछन्।

    बैंकका २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्।

    बैंकको वासलातको आकार १७६ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब पुगेको छ। कुल कर्जा करिब १२० अर्ब तथा ग्राहक संख्या ११ लाख ७५ हजार रहेको बैंकले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast