बुधबार, जेष्ठ २१, २०७७
    बैंक-बीमा

    नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा सेवा लिनेको संख्या २४ लाख पुग्यो

    ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल

    शुक्रबार, २२ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, २२ असार

    नेपाल लाइफ इन्स्योरेन्सले बिमितको संख्या २४ लाख पुर्याएको छ। कम्पनीले प्रदान गर्दै आएका विभिन्न जीवन बिमा योजनामा २४ लाखले संलग्नता जनाएको कम्पनीले जनाएको छ।

    कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड पुगेको छ। अन्य जीवन बीमा कम्पनीलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन धौ धौ परिरहेका बेला बीमा समितिको निर्देशन आउनुअगावै कम्पनीको चुक्ता पुँजी २ अर्ब नाघेको हो।

    कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका १२५ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। 

    कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरिसकेको छ।

    साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल भएको छ।

    यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिइने गरिन्छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८५ रुपैयाँसम्म (प्रतिहजारमा) बोनश दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनश दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ।

    कम्पनीको कुल लगानी ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोषको आकार ५० अर्ब रुपैयाँ पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast