आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएपछि ...

    संघको शुक्रबार बसेको कार्यकारिणी बैठकले डा. केसीको जीवन रक्षाको माग गर्दै शुक्रबारबाट लागु हुनेगरी ४ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो

    शुक्रबार, २२ आषाढ २०७५, आहाखबर

    काठमाडौं, २२ असार

    नेपाल चिकित्सक संघले संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सीले उठाउँदै आएका चिकित्सा शिक्षासँग सम्बन्धित जायज माग सम्बोधन गर्न सरकारले वेवास्ता गरेको भन्दै विरोधका कायृक्रम घोषणा गरेको छ ।

    संघको शुक्रबार बसेको कार्यकारिणी बैठकले डा. केसीको जीवन रक्षाको माग गर्दै शुक्रबारबाट लागु हुनेगरी ४ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

    बैठकपछि संघका महासचिव लोतचन कार्कीले जारी गरेको विज्ञप्तिमा श्ुक्रबारबाटै देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले कालोपटिट बाँध्ने, असार २४ गते प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा संघका उपाध्यक्षलाई अनसन स्थलमा पठाउने तथा ज्ञापनपत्र बुझाएको ७२ द्दण्टाभित्र सरकारबाट सम्बोधन नभए अन्य विरोधका कार्यक्रम घोषणा गर्ने उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast