बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुँदै, २० हजार मतदान केन्द्र संवेदनशील

    संवेदनशील घोषणा गरिएका मतदान केन्द्रहरू सुरक्षा सतर्कता बढाईने र क्यामेराहरू पनि जडान गरिने

    शुक्रबार, २२ आषाढ २०७५, आहाखबर

    इस्लामावाद, २२ असार :

    पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाई संवेदनशील मतदान केन्द्रका रुपमा घोषणा गरेको छ । 

    आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो । आयोगका अधिकारीहरूले देशभरीमा ८५ हजार ३०७ ओटा मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन् । 

    पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने तय भएको छ । सो निर्वाचन मार्फत् देशका सवै चार प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधिहरू चयन हुनेछन् । 

    दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेको घोषणा गरिएको छ । विद्रोही समूहहरू, राष्ट्रवादी र लडाकू समुहहरुबाट विभिन्न प्रकारका आक्रमणहरू हुन सक्ने खतरा आँकलन गरेर संवेदनशील मतदान केन्द्रहरू तोकिएको आयोगले जनाएको छ । 

    संवेदनशील मतदान केन्द्रहरु देशको उत्तरपश्चिमी खैबर पाख्तुङख्वा प्रदेशमा सवै भन्दा धेरै रहेका छन् । सो प्रदेशमा सात हजार ३८६ ओटा संवेदनशील मतदान केन्द्रहरू रहेको अधिकारीहरूले बताएका छन् । 

    त्यसैगरी दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेको घोषणा गरिएको छ । विद्रोही समूहहरू, राष्ट्रवादी र लडाकू समुहहरुबाट विभिन्न प्रकारका आक्रमणहरू हुन सक्ने खतरा आँकलन गरेर संवेदनशील मतदान केन्द्रहरू तोकिएको आयोगले जनाएको छ । 

    देशको पञ्जाब प्रदेशमा संवेदनशील मतदान केन्द्रहरूको सङ्ख्या पाँच हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेका छन् । 

    संघीय राजधानी इस्लामावादका ३६० मतदान केन्द्रमध्ये १७३ मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ । संवेदनशील घोषणा गरिएका मतदान केन्द्रहरू सुरक्षा सतर्कता बढाईने र क्यामेराहरू पनि जडान गरिने आयोगका अधिकारीहरूले बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast