बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने, शिखर वार्ताको सहमति गरी निर्णय भएको उल्लेख

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेकाको क्रेमलिनको जानकारी

    बिहिवार, २१ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    मस्को, २१ असार 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

    उनिहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् । 

    लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ । 

    राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनिहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेकाको क्रेमलिनले जानकारी दिएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast