बिहिवार, जेष्ठ १५, २०७७
    सावधान

    सर्पदंशबाट अहिलेसम्म ९ जनाको मृत्यु, ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै

    वर्षा शुरु भएयता दैनिक ८-१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको, यस वर्ष मृत्यु हुनेको संख्या धेरै

    बिहिवार, २१ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    नेपालगञ्ज, २१ असार 

    नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । 

    सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको अस्पतालले जनाएको छ । वर्षा शुरु भएयता दैनिक ८-१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताए । 

    ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् । 

    अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा आचार्यले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast