बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    भ्रष्टाचार आरोप लागेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जमानतमा रिहा

    भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो

    बुधबार, २० आषाढ २०७५, आहाखबर

    क्वालालम्पुर, २० असार  

    मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । 

    उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए । 

    निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ । 

    भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए । 

    सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेका थिए । मोहम्मद हाल प्रधानमन्त्री छन् । 

    निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो । 

    हालसालै सत्ताबाट बाहिरिनुभएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहेका छन् । 

    निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो । 

    सरकारी लगानीको एक कम्पनीमा उनको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उनिमाथि अनियमितताको प्रश्न उठाइएको छ । 

    रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनमात्र पहिले उनकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उनका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast