शुक्रबार, जेष्ठ १६, २०७७
    बैंक-बीमा

    माछापुच्छ्रे बैंकको थप २ शाखा संचालनमा, सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने प्रतिबद्दता

    नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ

    बुधबार, २० आषाढ २०७५, आहाखबर

    काठमाडौं, २० असार

    माछापुच्छ्रे बैंकले थप २ शाखा कार्यालय संचालनमा ल्याएको छ।

    बैंकले असार १८ र १९ गते धनुषाको नागराइन नगरपालिकास्थित फुलगामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालय संचालनमा ल्याएको हो।

    फुलगामा शाखाको पूर्व सभासद तथा बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो र नगरपालिकाका मेयर प्रमेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरे।

    माहुली शाखाको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी र पूर्व अध्यक्ष महतोले संयुक्त उद्घाटन गरे। नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको सुबिधा समेत उपलब्ध भएको बैंकले जनाएको छ।

    उक्त एटिएमको उद्घाटन मध्य पूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरे। बैंकले गत चैत मसान्तसम्म ६८ अर्व निक्षेप परिचालन गरी ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड खुद मुनाफा कमाएको छ।

    बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट सेवा प्रदान गर्दै आएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast