मंगलवार, जेष्ठ १३, २०७७
    सावधान

    काेसीकाे भङ्गालोमा स्कारपियो खस्दा ६ भारतीयको मृत्यु, तीन घाइते

    धरान भेडेटारलगायतका क्षेत्रमा घुमेर फर्कने क्रममा राति साढे ९ बजे स्कारपियो कोसी कटानको भङ्गालोमा पल्टिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ

    मंगलवार, १९ आषाढ २०७५, आहाखबर

    सुनसरी, १९ असार 

    सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटान क्षेत्रमा भारतीय स्कारपियो दुर्घटना हुँदा ६ जना भारतीयको मृत्यु भएको छ । पूर्वको भण्टाबारी जाँदै गरेको बिआर ६ पिबि ६४१८ नम्बरको स्कारपियो दुर्घटना हुँदा तीन जना घाइते पनि भएका छन् ।

    सोमबार धरान भेडेटारलगायतका क्षेत्रमा घुमेर फर्कने क्रममा राति साढे ९ बजे स्कारपियो कोसी कटानको भङ्गालोमा पल्टिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा भारतको सपौल जिल्लाका ४० वर्षीय सञ्जित कुमार, सोही स्थानका ३० वर्षीय कञ्चनदेवि राय र उनका छोरा ५ वर्षीय गोनुकुमार राय रहेका छन् ।

    उनीहरुको शव सञ्जिवनी अस्पताल विराटनगरमा राखिएको छ ।

    सुपौल माडो–६ का ३६ वर्षीय सुरेन्द्रकुमार सुनाम, ३० वर्षीय धिरेन्द्रकुमार राय र ६० वर्षीय ललितादेवि राय रहेका छन् । उनीहरुको शव इनरूवा अस्पतालबाट आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सञ्जिव अधिकारीले जानकारी दिए ।

    त्यस्तै, घाइतेहरू सूपौल माडो–६ का १० वर्षीय आदितकुमार राय, सोही स्थानकी ५० वर्षीया निलुदेवि पौदार, ३५ वर्षीय ललनकुमार रायको सञ्जिवनी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गाडी चालक भारत मधुवनी–१ का सशीलकुमार कामत भने सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिप्रका इनरुवामा जनाएको छ ।

    उनीहरू पारिवारिक घुमघाममा नेपाल आएका थिए । धनकुटाको नमस्ते झरना जाँदै गर्दा उनीहरुलाई प्रदेशले रोक लगाएपछि सुनसरीको धरान तथा भेडेटारलगायतका क्षेत्रमा घुमेर बेलुका घर फर्कदै गर्दा गाडी अनियन्त्रित भइ पानीको भङ्गालोमा खसेको चालकको भनाइ उदृत गरी प्रहरीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast