शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    सांग्रिला डेभलपमेन्ट बैंकले ९ प्रतिशत नगद लाभांश दिने

    आइतबार सम्पन्न बैंकको १३ औं वाषिर्क साधारणसभा आब०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो

    सोमबार, १८ आषाढ २०७५, आहाखबर

    काठमाडौं, १८ असार

    साँग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । आइतबार सम्पन्न बैंकको १३ औं वाषिर्क साधारणसभा आब०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

    हाल २ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकका लाभांश वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ । साधारणसभाले सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रबिन्द्रप्रसाद श्रेष्ठले पेश गरेको बाषिर्क प्रतिबेदन प्रस्तुत गरी सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणहरु पारित गरेको छ ।

    बैंकले चालु आबको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्व ७६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि करिब २५ करोड ६ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast