शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    प्रहरीद्वारा नागढुंगाबाट ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ

    मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा प्रहरीको फन्दामा

    सोमबार, १८ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, १७ असार : 

    महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । 

    परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा आइतबार  बेलुका ७ बजे एकजनालाई पक्राउ गरेको हो । 

    परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताए । प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast