शुक्रबार, जेष्ठ १६, २०७७
    बैंक-बीमा

    पिछडिएका बालबालिकाको शिक्षाका लागि सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग

    सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना छात्रछात्राहरुको अध्ययनका लागि बैंकले आरएचइएसटीमार्फत प्रदान गरेको हो

    आईतवार, १७ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, १७ असार 

    सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड एजुकेसन सर्भिस ट्रष्ट (आरएचइएसटी) नामक गैरसरकारी संस्थासँगको सहकार्यमा पिछडिएका बालिकाहरुको शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

    बैंकले ८४ हजार ८८५ रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोग रकम एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले आरएचइएसटीका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरे।

    सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना छात्रछात्राहरुको अध्ययनका लागि बैंकले आरएचइएसटीमार्फत प्रदान गरेको हो।

    उक्त कार्यक्रममा बस्यालले आगामी दिनहरुमा पनि फाउन्डेसनले सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै जाने प्रतिबद्धता जनाए।

    बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटिएम र ८०० भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast