मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    'अनुहार चम्किलो पार्न र दागधब्बा हटाउन' भन्दै एक युवतीले कुकुरको पिसाब पिएपछि ….!!!

    नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन्

    शुक्रबार, १५ आषाढ २०७५, आहाखबर

    एजेन्सी, १५ असार

    एक महिलाले अनुहार चम्काउन भन्दै कुकुरको पिसाब पिएकी छिन । गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन भएपनि कुकुरको मुत्रपान गर्ने अचम्मको फेसन सुरु भएको छ ।

    एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् ।

    नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् ।

    सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।

    उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’

    त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् ।

    एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’

    कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ ।

    स्मरणरहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast