शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    पाँच महिनामा ३६ जघन्य अपराध, यौन दुव्र्यवहारका घटना बढी मात्रामा

    इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जघन्य अपराधमा बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढी रहेका छन्

    शुक्रबार, १५ आषाढ २०७५, आहाखबर

    चितवन, १५ असार

    पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय चितवनमा सन् २०१८ जनवरीदेखि मेसम्ममा ३६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका हुन् । 

    अनौपचारिक सेवा केन्द्र (इन्सेक) चितवनले शुक्रबार चितवनमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१८ को अर्धवार्षिक समीक्षा एवं जिल्लाको मानवअधिकारको अवस्था विषयक अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १३१ घरेलु हिंसाका मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । 

    इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जघन्य अपराधमा बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढी रहेका छन् । पाँच महिनामा १५ वटा बालबालिका यौन दुव्र्यवहारमा परेका छन् । उनीहरुमध्ये १३ वटा बालिका जबर्जस्ती करणी, एक बालक र एक बालिकामाथि दुव्र्यवहार भएको छ । 

    यस्तै महिलामाथि हुने यौन हिंसाका घटना आठ वटा छन् । तीमध्ये तीनवटा जबर्जस्ती करणी र पाँचवटा करणी प्रयासका छन् । यो अवधिमा बेचबिखनमा चारवटा, बहुविवाहमा पाँचवटा र हत्यामा तीनवटा मुद्दा दर्ता भएको अधिकारीले बताए । बेचबिखनमा तीनजना महिला र एक बालिका परेको तथ्याङ्कमा उल्लेख छ । हत्या हुनेमा सबै पुरुष रहेका छन् । 

    चार वर्षदेखि १० वर्षमुनिका बालिका बढी मात्रामा जबर्जस्ती करणीमा पर्ने गरेको जिल्ला प्रहरी काार्यलय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताए । 

    उनका अनुसार पीडकहरु १९ देखि ७१ वर्ष उमेर समूहका छन् । अहिले जिल्लामा सवारी दुर्घटना, भवितव्य, सार्वजनिक मुद्दापछि जबर्जस्ती करणीका मुद्दाको संख्या धेरै रहेका छन् । 

    आर्थिक अवस्था कमजोर भएका घरपरिवार र अभिभावकले रेखदेख गर्न नभ्याउने घरहरुमा बढी मात्रामा यस्ता घटना हुने गरेको उनले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast