शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा १५ जना बिरामी

    सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे ९ जना बिरामी

    शुक्रबार, १५ आषाढ २०७५, आहाखबर

    सुरुङ्गा, झापा, १५ असार 

    विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । 

    जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    यसैगरी कचनकवल गाउँपालिकामा सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे नौजना बिरामी परेका छन् । उनीहरुको पनि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । 

    प्रहरीका अनुसार बिरामी पर्नेहरुमा कचनकवल गाउँपालिका – ७ बालुवाडीका २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बू रहेका छन् । 

    त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी पनि बिरामी परेका छन् । दश वर्षीय विक्रम राजवंशी उपचारपछि घर फर्किएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए । 

    स्थानीय पदमबहादुर तामाङको खेतमा काम गर्न गएका वेला खाजा खाएलगत्तै उल्टी आउने, रिङ्गटा लाग्ने, टाउको र शरीर दुख्ने भएपछि उपचारका लागि उनीहरुलाई मेची अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast