आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    मोरङका ५ वटा गाउँपालिकामा क्षयरोगी परिवारको स्वास्थ्य परीक्षण गरिने

    स्वास्थ्यचौकीसहितका नगरका स्वास्थ्यचौकीको ल्याबको चुस्त व्यवस्थापन तथा क्षयरोगीको जाँचलाई प्रभावकारी बनाउने

    बुधबार, १३ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    पथरी, मोरङ, १३ असार  

    मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । 

    पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र सुनवर्षीका स्वास्थ्य संस्थाका क्षयरोग उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई परिवारका सदस्यको पनि खकारको नमूना परीक्षण थाल्न जानकारी गराइएको छ । 

    आचार्यका अनुसार क्षयरोगीका परिवारका पाँच वर्षमुनिका बालबालिकालाई क्षयरोग लाग्न नदिने आइपिटी उपचार सेवा प्रदान गर्न पनि जानकारी गराइएको छ । त्यसअघि, पथरीशनिश्चरे स्वास्थ्य शाखाले नगरका निजी स्वास्थ्य संस्थाबीच अन्तक्र्रिया गरी क्षयरोग निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिएको थियो । 

    कार्यक्रममा, स्वास्थ्य संयोजक मुरारी आचार्य र सहसंयोजक याम खड्काले पथरी स्वास्थ्यचौकीसहितका नगरका स्वास्थ्यचौकीको ल्याबको चुस्त व्यवस्थापन तथा क्षयरोगीको जाँचलाई प्रभावकारी बनाउने बताए । 

    साथै, उनहरुले निजी स्वास्थ्य संस्थाले आफूसँग उपचारका लागि आउने क्षयरोगका बिरामीलाई निःशुल्क उपचार र सरकारी स्वास्थ्य संस्थामा दर्ताका लागि पठाएर सहयोग गरिदिन सूचित गराए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast