मंगलवार, जेष्ठ २०, २०७७
    बैंक-बीमा

    एनआईसी एसिया बैंकको नयाँ शाखा बनियानीमा, यससंगै बैंकको मुलुकभर २ सय २४ शाखाहरु

    उक्त शाखाको प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयुक्त रुपमा उदघाटन गरे

    मंगलवार, १२ आषाढ २०७५, आहाखबर

    झापा, १२ असार 

    एनआईसी एसिया बैंकले झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।

    उक्त शाखाको प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयुक्त रुपमा उदघाटन गरे।

    बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

    बैंकको वासलातको आकार १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १४९ अर्ब तथा कुल कर्जा करिब ११९ अर्ब पुगेको छ।  ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको बैंकले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast