आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिसको संक्रमण !

    जिल्ला अस्पतालका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ

    मंगलवार, १२ आषाढ २०७५, आहाखबर

    दार्चुला, १२ असार

    मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘र्इ’ को संक्रमण देखिएको छ । 

    जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ फेला परेको हो । 

    जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्रप्रसाद भट्टका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा ल्याई उपचार गरिने डा. भट्टले बताए। 

    प्रदूषित पानीका कारण सो रोगबाट संक्रमित भएका उनले बताए। मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा तीन दिनसम्म सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो । 

    हेपाटाइटिस ‘ए’ र ‘इ’ को संक्रमण देखिएमा शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना खान मन नलाग्ने, आँखा र छाला पहेँलो हुने, पेट दुःख्नुका साथै रुघाखोकीको लक्षण देखिन्छ । रोग लाग्नबाट बच्न हात धुन, खानेकुरालाई राम्ररी पकाएर मात्र खान तथा उमालेको पानी पिउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast