मंगलवार, जेष्ठ २०, २०७७
    बैंक-बीमा

    एक वर्षको अवधिमा बैंकहरुले संकलन गर्ने रकमभन्दा ऋण धेरै दिए

    एक वर्षमा ३ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप थपिँदा बैंकहरुले दिने ऋण भने ३ खर्ब ९६ अर्ब रुपैयाँले बढाएका छन्

    आईतवार, १० आषाढ २०७५, आहाखबर

    काठमाडौं, १० असार

    नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार एक वर्षमा निक्षेप १९ प्रतिशतले बढ्दा कर्जा लगानीको दर भने २४ प्रतिशतले बढेको छ। एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपभन्दा कर्जा लगानीको वृद्धिदर उच्च देखिएको छ। 

    गत वर्ष वर्षको असार २ गतेसम्म १६ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले यस वर्षको असार १ गतेसम्म २० खर्ब ६९ अर्ब पुर्याएका छन्। यो वृद्धिदर २३ दशमलव ६ प्रतिशत हो।

    गत वर्षको असार २ गतेसम्म वाणिज्य बैंकहरुमा १९ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा यस वर्षको असार १ गतेसम्म २३ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। एक वर्षमा ३ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप थपिँदा बैंकहरुले दिने ऋण भने ३ खर्ब ९६ अर्ब रुपैयाँले बढाएका छन् ।

    पछिल्लो साता बैंकहरुमा संकलन हुने निक्षेप बढेको छ। जेठ अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेपमा उल्लेख्य सुधार आएको छ।

    जेठ २५ देखि असार १ गतेसम्म बैंकहरुमा २१ अर्ब रुपैयाँ निक्षेप बढेको छ। अघिल्लो साताको तुलनामा सो निक्षेप ०. ९१ प्रतिशतले बढी हो। 

    पुँजीगत खर्च बढ्न थालेसँगै बैंकहरुमा निक्षेप पनि बढ्दै गएको हो। आर्थिक वर्षको अन्तिमतिर पुँजीगत खर्च बढ्ने भएकाले आगामी दिनमा निक्षेपमा थप सुधार आउने बैंकहरुको अपेक्षा छ।

    यसअघि जेठ १८ देखि २५ गतेसम्म २ अर्ब रुपैयाँ मात्रै निक्षेप बढेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast