आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    लागुऔषध वितरण रोकथाम गर्ने उद्देश्यले ८० हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट

    प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा उम्रेको गाँजा नष्ट गरिएको हो

    शुक्रबार, ८ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, ८ असार  

    लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ । 

    प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा उम्रेको गाँजा नष्ट गरिएको हो । 

    बरामद भएको ७०० लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ (मर्चा) ३० किलोग्राम शंखरापुर नगरपालिकाका नौ वटै वडा अध्यक्षको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक खनालले राससलाई जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast