आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको छ : मन्त्री थापा

    कृषि, पर्यटन, पशुपालन र लघुउद्यमको विकास गरी महिला तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ

    शुक्रबार, ८ आषाढ २०७५, आहाखबर

    पोखरेबगर, म्याग्दी, ८ असार 

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताएकि छन् । 

    समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले शुक्रबार म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले भनिन्, “विशेषगरी दुर्गम तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता छ । 

    मन्त्री थापाले सरकारले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा रु एक लाखसम्मको स्वास्थ्य बीमाको व्यवस्था गरेको जानकारी दिदैं महिलाको आयआर्जन वृद्धिका लागि मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको छ भने ।

    कृषि, पर्यटन, पशुपालन र लघुउद्यमको विकास गरी महिला तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ, उनले भने । 

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सघाउन सरकारको ध्यानाकर्षण गराए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast