आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    सभामुखसँग यस्ता विषयमा विवाद भएपछि सांसद रेग्मीले दिए राजीनामा

    संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीको भनाई

    बिहिवार, ७ आषाढ २०७५, आहाखबर

    सुर्खेत, ७ असार

    कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् । प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि उनले राजीनामा दिएका हुन् ।

    संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताए ।

    बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने अडान समेत सांसद रेग्मीले राखेका थिए । तर, सभामुखले बजेट भन्दा अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गरेर कचहरी सुरु गरेपछि राजीनामा दिएको सांसद रेग्मीको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast