आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै तरुण दलको विरोध

    चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको आरोप

    बिहिवार, ७ आषाढ २०७५, आहाखबर

    पोखरा, ७ असार 

    नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा बिहिबार पोखरामा विरोध र्याली निकालेको छ । 

    पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको र्याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । 

    कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरे । 

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको भन्दै उनले सरकार निरंकुश बन्दै गएको आरोप लगाए । 

    कोणसभामा नेपाल तरुण दल क्षेत्र नं २ का सभापति डिआर भट्टराई, नेपाल तरुण दल पर्वतका अध्यक्ष राजु मल्ल, तरुण दलका पूर्वनगरसभापति सुरजजंग राणालगायतले मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast