आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नेपालीलाई समस्या हुने गरी भारतद्वारा दशगजामा बनाइएको १५४ फिट लामो नाला पुरियो

    मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै बुधबार बिहान उनले आफैँ सो नाला पुरेका हुन्

    बुधबार, ६ आषाढ २०७५, आहाखबर

    गौशाला, ६ असार  

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला बुधबार एकाबिहानै पुरिएको छ । 

    करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो । 

    भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले बुधबार एकाबिहानै मेशिन र मजदूर लगाएर सो नाला पुरेका छन् । 

    एक महिनाअघि भारतले दशगजामा नाला खनेको बेला महोत्तरी जिल्लाका प्रशासन र सुरक्षा निकायले स्थलगत निरीक्षण गरेर नाला पुर्नुपर्ने माग राख्दा त्यस बखत पनि माथिल्लो निकायको आदेशमा पुरिने भनिएको थियो । 

    तर एक महिना बित्न लाग्दा पनि भारतको माथिल्लो निकायले कुनै चासो नलिएपछि मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै बुधबार बिहान उनले आफैँ सो नाला पुरेका हुन् । 

    मुखिया मिश्रले नाला पुर्दै गर्दा भारतीय सुरक्षा निकाय वा अन्य कुनै निकायले कुनै अवरोध खडा गरेन । यसरी नाला पुरेपछि मुखिया मिश्रले अब पुनः कहिल्यै पनि नेपाल र भारत दुवैतर्फका स्थानीयवासीलाई मर्का पर्ने गरी दशगजामा कुनै पनि काम गर्न नदिइने प्रतिबद्धता जनाए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast