सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    मौसमी तथ्याँक लिने बेलुन उडाइयो, बेलुन झर्दा जोखिम अत्यन्त कम हुने जानकारी

    बेलुन कसैले फेला पार्नु भएमा विभागमा पुर्याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध

    बुधबार, ६ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, ६ असार 

    जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा बुधबार मौसमी बेलुन उडाइएको छ । 

    कीर्तिपुरबाट बिहान ०५ः३७ बजे पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान ०५ः३० बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए । 

    कीर्तिपुरबाट बिहान ०५ः३७ बजे पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान ०५ः३० बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए । बुधबार उडाइएको बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान ०८ः१५ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । 

    बुधबार उडाइएको बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान ०८ः१५ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । 

    बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याँक पठाउने उनले बताए । बुधबार उडाइएको मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड रहेको थियो । 

    बेलुन झर्दा त्यसमा झुण्डाइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पार्नु भएमा विभागमा पुर्याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

    यससम्बन्धी सूचना उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ । 

    बुधबारको मौसमी बेलुनको उडानको शुभारम्भ त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले संयुक्तरुपमा गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast