मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    ७ मिटर लामो सर्पको पेट काटेर महिलाको शरिर झिकेपछि...(भिडीयो सहित)

    महिला सधैँ ओहोरदोहोर गरिरहने घर नजिकैको तरकारी बारीमा सर्पले पुरै शरिर निलिसकेको अवस्थामा फेला परेकी हुन्

    सोमबार, ४ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    एजेन्सी, ४ असार

    इन्डोनेसियामा एक महिला ठूलो सर्पले निलेको अवस्थामा फेला परेकी छिन् । महिला सधैँ ओहोरदोहोर गरिरहने घर नजिकैको तरकारी बारीमा सर्पले पुरै शरिर निलिसकेको अवस्थामा फेला परेकी हुन् । ५४ वर्षिया वा चिवा नाम गरेकी महिलालाई सात मिटर लामो पाइथन सर्पले निलेको थियो ।

    प्रहरी प्रमुखका अनुसार स्थानीयले सर्पलाई मारिदिएका थिए । सर्पको पेट काटेर महिलाको शरिर झिकिएको थियो । तरकारी बारीमा गएकी महिला घर नफर्केपछि नातेदारले महिलाको खोजीमा निस्कँदा सर्पले निलेको अवस्थामा फेला पारेको बताए ।

    तरकारी बारी नजिकै ठूला–ठूला ढुंगा रहेको र ससाना गुफा रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा सर्प असाध्यै पाइने गरेको छ ।

    कम्तिमा छ मिटर लामो पाइथन इन्डोनेसिया र फिलिपिन्समा पाइने गरेको छ । ती सर्पले ससाना जनावार खाने गरेका छन् । मानिसलाई कमै आक्रमण गर्ने गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast