शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    बिराटनगरस्थित सिटिजन्स बैंक आफ्नै भवनमा स्थानान्तरण

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाद्वारा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुआत

    आईतवार, ३ आषाढ २०७५, आहाखबर

    बिराटनगर, ३ असार 

    सिटिजन्स बैंक बिराटनगरमा आफ्नै भवनमा सरेको छ। हालको कार्यालयभन्दा करिब ५ सय मिटरकोे दुरीमा रहेको रंगेली रोडमा आफ्नै सुविधा सम्पन्नभवनमा शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुआत गरे। उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो।

    बैंकले देशैभर ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    बैंकले प्युठानको झिमरुक पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा यसै आर्थिक वर्षभित्र शाखा पुर्याउने लक्ष्य राखेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी गराए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast