शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    एनअाइसीले ल्यायो धनवर्षा मुद्दती निक्षेप योजना, वार्षिक १२ प्रतिशत व्याज

    धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ

    सोमबार, २८ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ, २८ जेठ 

    एनआइसी एसिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्चव्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ।

    निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले दोश्रो ठुलो बैंकको रुपमा स्थापित सो बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको हो।

    धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ।

    यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकमहानुभावहरु माझ लोकप्रिय भएको थियो।

    धनवर्षा मुद्दती निक्षेप योजना प्रतिग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएको बैंकका सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए।

    यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मागरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने छ ।

    २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको यस बैंकको २१० एटिएम सहितमुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भइ सकेकोेछ । समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१भन्दा बढि भौतिक सञ्जाल मार्फत बैंकिङ्ग सेवा बैंकले प्रदान गर्दै आइरहेको छ।

    बैंकको पछिल्लो (२०७४ चैत्र मसान्त) बित्तिय स्थितिको संक्षिप्तझलक यस प्रकार छ 
    कुलनिक्षेपः रु १३३.७२ अर्व
    कुलकर्जा रु १०८.९६ अर्व
    खरावकर्जा अनुपातः ०.२२ प्रतिशत
    पुँजिपर्याप्तताअनुपातः १३.०३ प्रतिशत
    प्राथमिकपुँजि एबं निक्षेप र कर्जाको अनुपातः७८.१६ प्रतिशत
    तरलताअनुपात २०.४२ प्रतिशत

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast