बिहिवार, कार्तिक २८, २०७६
    विज्ञान/प्रविधि

    ‘नेपाल टेलिकम’ एप नयाँ रुपमा, सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन सकिने !

    यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ

    आईतवार, २७ जेष्ठ २०७५, आहाखबर
     
     

     

    काठमाडौँ, २७ जेठ 

    टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी FNF Service बाट टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ।

    विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुने टेलिकमको भनाइ छ। पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ। यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन सकिन्छ।

    रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी यही एपमार्फत गर्न सकिन्छ। यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न सकिन्छ।

    उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ। भविष्यमा अन्य सेवाहरु पनि थप गर्दै लैजाने योजना रहेको टेलिकमले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast