शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    फिफाको वरियता क्रममा जर्मनी पहिलो स्थानमा, नेपाल ३ स्थान माथि उक्लियो

    फिफाले सार्वजनिक गरेको वरीयता अनुसार पहिलो नम्बरमा जर्मनी, दोस्रोमा ब्राजिल, तेस्रोमा बेल्जियम तथा चौँथोमा पोर्चुगल

    शुक्रबार, २५ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ,२५ जेठ 

    फिफाले विश्व फुटबलको वरीयता सार्वजनिक गरेको छ। 

    रुस विश्वकप सुरुहुनु अघि फिफाले निकालेको वरीयतामा जर्मनीले पहिलो नम्बर यथावत राखेको छ भने नेपाल तीन स्थान सुधार गरेको छ। त्यस्तै विश्वकप आयोजक रुस विश्वकप खेल्ने मध्ये सबै भन्दा तल्लो वरीयतामा रहेको छ। 

    त्यस्तै पाँचौमा मेस्मीको अर्जेन्टिना, छैटौँमा विट्जरल्याण्ड तथा सातौँमा फ्रान्स रहेका छन्। त्यस्तै लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लिदै आठौँ स्थानमा छ भने, चिली नवौँ स्थानमा छ । त्यस्तै दुई स्थान तल झर्दै स्पेनले दशौँ स्थान कायम गरेको छ। 

    फिफाले सार्वजनिक गरेको वरीयता अनुसार पहिलो नम्बरमा जर्मनी, दोस्रोमा ब्राजिल, नेस्रोमा बेल्जियम, चौँथोमा पोर्चुगल रहेका छन्। 

    त्यस्तै यसअघि ६६ औँ वरीयतामा रहेको आयोजक रसिया ७० औँ स्थानमा झरेको छ। भारत ९७ औँ स्थानमा, माल्दिभ्स १५० र नेपाल १६२ औँ स्थानमा रहेको छ। त्यस्तै ३ स्थान सुधार गर्दै नेपाल दक्षिण एसियामा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast