सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा सरसफाइ

    काठमाडौँ महानगरपालिका १५ वडाको सहयोगमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतले उक्त क्षेत्रको सरसफाइ भएको हो

    मंगलवार, २२ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ, २२ जेठ

    विश्व वातावरण दिवसका अवसरमा ट्रेकिंग एजेन्सीज एसोशिएशन अफ नेपाल (टान) ले विश्व सम्पदा सूचीकृत स्वयम्भूनाथको मंगलबार सरसफाइ गरेको छ । 

    काठमाडौँ महानगरपालिका १५ वडाको सहयोगमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतले उक्त क्षेत्रको सरसफाइ भएको हो । 

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कार्यक्रमको उद्घाटन गर्दै जलवायु परिवर्तनको नकारात्मक प्रभावले वातावरण बिग्रदै गएकामा चिन्ता व्यक्त गरे । 

    वडाअध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने हुँदा त्यसलाई सधैँ सफा बनाउनुपर्नेमा जोड दिए । 

    कार्यक्रमको संयोजक पिके शेर्पाले प्रत्येक वर्ष जुन ५ मा पर्ने विश्व वातावरण दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार महत्वपूर्ण पर्यटकीय सम्पदास्थलमा सरसफाइ गरिएको जानकारी दिए । उक्त कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast